मन्त्रिपरिषद्को मानवीय निर्णय

गत असोजको अविरल वर्षाका कारण बाढीपहिरोमा घरबार गुमाएका नागरिकलाई सरकारले भाडामा बस्न सहज होस् भनी मासिक १५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

सहरी विकास मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रकम सम्बन्धित स्थानीय तहको खातामा पठाइनेछ।