कपिलवस्तु दर्पणको परिचय
कपिलवस्तु दर्पण कपिलवस्तु मल्टिपर्पोज मिडिया प्रा.लि.द्वारा सञ्चालित आधिकारिक तथा व्यावसायिक डिजिटल समाचार पोर्टल हो। भगवान् बुद्धको क्रिडास्थल ऐतिहासिक कपिलवस्तु तथा लुम्बिनी प्रदेशलाई केन्द्रबिन्दु बनाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालहरूलाई जिम्मेवार र सन्तुलित ढङ्गले प्रस्तुत गर्नु हाम्रो प्रमुख ध्येय हो।
सत्य, तथ्य र निष्पक्ष पत्रकारिता — लुम्बिनी प्रदेशको सशक्त डिजिटल आवाज।
हाम्रो लक्ष्य तथा दृष्टिकोण
हामी नागरिकको सुसूचित हुने संवैधानिक अधिकारको सम्मान गर्दै समाजमा व्याप्त विकृति, विसङ्गति, भ्रष्टाचार र अनियमितता विरुद्ध निरन्तर कलम चलाउँछौं। साथै विकास निर्माण, सुशासन, कला, साहित्य, संस्कृति र पर्यटन प्रवर्द्धनमा सकारात्मक दृष्टिकोण प्रवाह गर्न हामी प्रतिबद्ध छौं।
- विश्वसनीयता: कुनै पनि समाचार सम्प्रेषण गर्नुअघि तथ्य जाँच र बहुपक्षीय दृष्टिकोण पुष्टि गर्ने।
- सन्तुलन र निष्पक्षता: कुनै पनि दल, विचार, वर्ग वा समूहप्रति पूर्वाग्रह नराखी सत्यको पक्षपोषण गर्ने।
- स्थानीय सरोकार: कपिलवस्तुका १० वटै स्थानीय तहका जनताका आधारभूत आवश्यकता र आवाजलाई राष्ट्रिय मञ्चसम्म पुर्याउने।
- डिजिटल नवप्रवर्तन: छिटो, छरितो र प्रविधिमैत्री माध्यमबाट पाठकहरूमाझ ताजा अपडेट पुर्याउने।
संस्थागत विवरण
- सञ्चालक संस्था: कपिलवस्तु मल्टिपर्पोज मिडिया प्रा.लि.
- सूचना तथा प्रसारण विभाग दर्ता नं: ५३१४/८२/८३
- कम्पनी रजिष्ट्रार दर्ता नं: ३१७९१९/८२/८३
- प्रेस काउन्सिल नेपाल सूचीकरण: २०८२/८३
- केन्द्रीय कार्यालय: कपिलवस्तु १०, पचेहरा (तौलिहवा), लुम्बिनी प्रदेश, नेपाल