स्रोत अभावका कारण योजना रोकियो
काठमाडौं । चालू आर्थिक वर्षको बजेट कार्यान्वयन भइरहेका बेला मन्त्रीहरूले आ-आफ्ना निर्वाचन क्षेत्र र मन्त्रालयमा करिब ५ अर्ब रुपैयाँका नयाँ योजना थप्न पठाएको फाइल अर्थ मन्त्रालयले फिर्ता पठाएको छ।
राजस्व सङ्कलनको लक्ष्य पूरा नभएको र विदेशी सहायता समयमा प्राप्त हुन नसकेका कारण नयाँ दायित्व थप्न नसकिने अर्थका उच्च अधिकारीहरूले स्पष्ट पारेका छन्।
"अहिलेको मुख्य प्राथमिकता पुराना अधुरा आयोजना सम्पन्न गर्नु हो, नयाँ टुक्रे योजनामा बजेट छर्न सकिँदैन," अर्थ मन्त्रालय स्रोतले भन्यो।
यस निर्णयसँगै विभिन्न मन्त्रालयका मन्त्रीहरू र दलका सांसदहरूमा असन्तुष्टि देखिएको छ।
प्रतिक्रियाहरू
०प्रतिक्रिया दिनका लागि कृपया पहिले लगइन गर्नुहोस्
यस समाचारमा आफ्नो विचार, टिप्पणी वा प्रतिक्रिया राख्न प्रयोगकर्ता खातामा लगइन हुनु अनिवार्य छ।
अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
पहिलो प्रतिक्रिया लेखेर छलफल सुरु गर्नुहोस्।