उपभोक्तालाई राहत

दसैँ, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै सरकारले सार्वजनिक संस्थानहरूमार्फत सुपथ मूल्य पसल सुरु गरेको छ।

साल्ट ट्रेडिङले चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ र विभिन्न खाद्य तेलमा प्रतिलिटर १० रुपैयाँसम्म छुटको व्यवस्था गरेको जनाएको छ।

देशभरका ३५ भन्दा बढी स्थानमा यस्ता सहुलियत काउन्टरहरू सञ्चालन भइरहेका छन्।