आजको राशिफल
आज कर्कट राशि भएकाहरूका लागि मानसिक शान्ति र आत्मसन्तुष्टि मिल्ने दिन छ। रोकिएका कामहरू क्रमशः बन्दै जानेछन्। परिवारजन तथा आमाको विशेष आशीर्वाद र सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा मध्यम लाभ रहनेछ। प्रेम सम्बन्धमा आत्मियता बढ्नेछ।
यस साताको राशिफल
साताको प्रारम्भमा केही व्यस्तता र जिम्मेवारी थपिन सक्छ। धैर्यतापूर्वक काम गर्दा सबै समस्याहरू समाधान हुनेछन्। साताको मध्यबाट आर्थिक स्थितिमा सुधार आउनेछ। रचनात्मक कार्यमा मन जानेछ र सामाजिक कामबाट प्रशंसा पाइनेछ। साताको अन्त्य रमाइलो रहनेछ।
यस महिनाको राशिफल (असोज २०८३)
यो महिना घरजग्गा वा घरायसी सजावटका सामानहरूमा लगानी हुन सक्छ। पेशागत क्षेत्रमा सहकर्मीहरूको सद्भाव मिल्नेछ। स्वास्थ्यमा मौसमी रुघाखोकी वा एलर्जीको समस्या देखिन सक्ने भएकाले सावधान रहनुहोला। विद्यार्थीहरूले राम्रो नतिजा हात पार्नेछन्।
२०८३ को राशिफल
कर्कट राशि हुनेहरूका लागि वर्ष २०८३ मध्यम फलदायी वर्ष रहनेछ। जेठ १८ गतेसम्म खर्च भावमा बृहस्पतिको गोचर प्रतिकुल रहनेछ। आर्थिक क्रियाकलापमा मन्दी आउनेछ भने काममा अवरोध, तीव्र आलोचना र परिवारमा मतभेद रहनेछ। स्वास्थ्यमा समस्या आई औषधोपचार खर्च बढेर जानेछ। वर्षभरि नै शनिको प्रतिकूल प्रभावले सवारी साधनको प्रयोगमा ख्याल नगरे अप्रिय घटना नघट्ला भन्न सकिन्न। ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्नेछ। धर्म परिवर्तन वा धार्मिक कार्यबाट पछि हट्नुपर्ने बाध्यता आउन सक्छ। आफन्त तथा दाजुभाइसँग सैद्धान्तिक राय बाझिनेछ। मुद्दामामिला तथा विवादमा सहभागी भए हारिने सम्भावना रहेको छ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरू तपाईंको पक्षमा नआउन सक्छन्। लामो दूरीको कष्टकर यात्रा हुन सक्छ, ध्यान दिनुहोला।
🌟 शुभ तत्व र ज्योतिषीय विवरण
अन्य राशिफल
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
मकर
भो, जा, जि, जु, जे, जो, खि, खु, खे, खो
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि