राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एउटा मात्र प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।
यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित निकाल्दै सुखद नतिजा हात पार्ने दाउमा छ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखराले विगतमा प्लेअफसम्म पुग्न नसकेको इतिहासलाई यसपटक बदल्ने लक्ष्य लिएको छ ।
यता, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स भने जारी प्रतियोगिताको पहिलो खेलमै व्यहोरेको हारलाई बिर्सेर पुनरागमन गर्ने योजनामा छ । लगातार दुई संस्करणको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक ट्रफी उचाल्ने अभियानमा छ ।
कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको फाइनल भिडन्त आगामी मङ्सिर ५ गते हुनेछ ।
प्रतिक्रियाहरू
०प्रतिक्रिया दिनका लागि कृपया पहिले लगइन गर्नुहोस्
यस समाचारमा आफ्नो विचार, टिप्पणी वा प्रतिक्रिया राख्न प्रयोगकर्ता खातामा लगइन हुनु अनिवार्य छ।
अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
पहिलो प्रतिक्रिया लेखेर छलफल सुरु गर्नुहोस्।