विचार र आचरणको तालमेल

नेपाली कम्युनिस्ट आन्दोलन आज गम्भीर दोबाटोमा उभिएको छ। सत्ताकेन्द्रित गठबन्धन र गुटगत स्वार्थले गर्दा जनताका आधारभूत सवालहरू ओझेलमा परेका छन्।

युवा पुस्तालाई नेतृत्व तहमा विश्वासका साथ स्थान नदिने हो भने पुराना दलहरू अप्रासंगिक बन्दै जाने स्पष्ट संकेत देखिएको छ।